Tuesday, May 7, 2013

मधुमेह के हो ? कसरी बँच्ने ?

मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ  रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ । इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।
रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिदैन । पानी, रक्तकोष, विभिन्न लवण तथा रसायनहरुको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरु निश्चित अनुपातमा रहेका हुन्छन् । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा अर्थात गुणमा परिवर्तन भयो भने समग्र रक्तसंचार प्रणाली र सरिरको आन्तरिक कार्यसंचालनमा बाधा पुग्छ जान्छ ।

जिवन यापनमा आइरहेको परिवर्तन, विलासी जिवलशैली तथा भौतिक मेहेनतको कमीले मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन् । विश्वमा करीब २२ करोड मानिस मधुमेह बाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष सम्म उमेर समुहका करीब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समुहभन्दा माथिका करीब १९ प्रतिशतलाई मधुमेह लागेको बताइएक्ो छ । ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । नेपालको ग्रामिण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएका छन् ।

अमेरिकामा करीब १५ लाख मानिस मधुमेहबाट पिडित रहेको र बेलायतमा करीब १६ लाख मानिस लाई मधुमेह लागेको बताइएको छ । विश्वमा रोगबाट मर्नेहरु मध्ये ५ प्रतिशत मधुहेहका रोगी रहेका छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् २००५ मा मात्रै करीब ११ लाख मानिसले यो रोगबाट ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मधुमेहका रोगी मध्ये करीब ८० प्रतिशत मध्यम र निम्न आय भएका मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत ३० वर्षमा बालबालिकामा हुने मधुमेह तिन गुणाले बढेको बताइएको छ ।

मधुमेहको कारण

सरिरमा प्रयाप्त इन्सुलिनको उत्पादन नहुदा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनिको मात्रा बढ्न गइ मधुमेह हुनजान्छ । जसका निम्न कारणहरु हुन्छन् :

१. आनुवांशिक कारण , बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सक हरुले जनाएका छन् । तसर्थ अभिभावक बाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना रहेको हुन्छ ।

२. बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल हुदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।

३. भाइरसको संक्रमण : यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश ( जसले इन्सुलिन उत्पादन गर्छ ) मा भाइरसको संक्रमण हुदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।

४.व्यायामको कमी , अस्वस्थ आहार विहार, उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन् ।

मधुमेहका प्रकार

मधुमेह मुख्यतया तिन प्रकारका हुन्छन् ।

क. टाइप वान : यो सामान्यतया बालबालिकामा हुने गर्छ । जहा इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्ने हुन्छ ।

ख. टाइप टु : यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र सरिरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् ।

ग. जेस्टेसनल मधुमेह : गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

मधुमेहका लक्षण

१. छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने

२. बढि भोक लाग्ने , आखा तिरमिराउने

३. शरिरको वजन घट्ने , थकाइ महसुस हुने

४. वाकवाकी लाग्ने

५. लामो समयसम्म चोटपटक निको नहुने

५. हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु

मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । करीब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेको करीब २ प्रतिसत रोगीमा पुर्ण रुपमा दृष्टिविहिन हुने सम्भावना रहेको हुन्छ । रगतमा भएको अध्यधिक ग्लुकोजले आखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुराउने गर्छ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुराउन सक्छ । मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ । करीब ५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ ।

मधुमेह भएपछि के गर्ने ?

मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ ।

मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छ :

१.इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने

२. रक्तचाप नियन्त्रण गर्ने

३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने

४. धुम्रपान र मध्यपान त्याग्ने

५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

५. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

एजेन्सीको सहयोगमा कुलचन्द्र अर्याल

Thursday, March 21, 2013

‘मिस नेपाल’ को उपाधी २१ बर्षीया इशानी श्रेष्ठलाई

यो बर्षको ‘मिस नेपाल’ को उपाधी काठमाण्डौ निवासी २१ बर्षीया  इशानी श्रेष्ठले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले सन् २०१३ को ‘मिस नेपाल’ को उपाधी जितेकी हुन् । उनलाई ‘मिस नेपाल’ २०१२ को विजेता श्रृष्टि श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् ।‘मिस नेपाल’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसबैर्ष आयोजना हुने ‘मिस वल्र्ड’ मा सहभागी हुनेछिन् । प्रमुख निर्णायक तिर्थमान शाक्यले सोधेको ‘तपाइ एकल परिवार रुचाउनुहुन्छ या संयुक्त र किन’ भन्ने प्रश्नमा संयुक्त परिवार भन्ने जवाफ दिएर उनले ‘मिस नेपाल’ को ताज जितेकी हुन् ।
यस्तै यो बर्षको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाही ले जितेकी छिन् । उनलाई गत बर्षको ‘मिस नेपाल अर्थ’ को विजेता नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले उपाधीसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसैबर्ष आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछिन् ।
यो बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधी काठमाण्डौकी श्रृतिमा शाह को पोल्टमा गएको छ । उनलाई गत बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को विजेता शुभेच्छा खड्काले क्राउन लगाइदिएकी थिइन् । नगद २५ हजार सहित उनी ‘मिस इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछिन् । यस्तै मिस व्युटिफुल स्माइलको उपाधी रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधी सिपोरा गुरुङ, मिस पब्लिक च्वाइसको उपाधी अश्मिता सिटौलाले जितेका छन् ।‘द हिडन ट्रेजर’ ले आयोजना गरेको मिस नेपालको यो १९ औ संकरण हो । कार्यक्रममा बोल्दै मिस नेपाल २०१२ को विजेता श्रृष्टि श्रेष्ठले यो ब्यूटी प्याजेन्टमा भाग लिएर आफुले धेरै कुरा सिकेको बताइन् । उनले साथ र सहयोग पाएकोमा सबैलाई धन्यबाद पनि दिइन् ।
यो बर्षको मिस नेपालमा मालती शाह, मलिना जोशी, बलबहादुर कुँबर, सरोसी शेरचन, सलमान रतिफ, रिमा विश्वकर्मा, चारु मनहोत्रा, राजेन्द्र शलभ, अनुपबहादुर मगर, राजेन्द्र शलभ निर्णायकको रुपमा रहेका थिए ।
पहिलो चरणमा १८ जना प्रतिस्पर्धीबाट उनीहरुको परिचय, प्रिजजिङको आधारमा उत्कृष्ट १० को छनोट गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारका अन्तिम ५ छनोट गरिएको थियो ।

सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ

sanjay dutt 
८ चैत, काठमाण्डौ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ सुनाइएको छ । सन्  १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयो गरेको र गैरकानुनीरूपमा हतियार राखेको अभियोगमा बिहीबार भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई ५ बर्षको जेल सजायँ सुनाएको हो ।
सञ्जयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नु पर्ने छ  । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सञ्जय  दत्तलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने बताइएको छ । यो मुद्दामा संजयको पक्षमा तीन कुराहरु रहेको छ ।
सञ्जयको पहिले नै आतंक फैलाउने बिषयमा मुक्ती दिइसकिएको छ । यस्तै सीबीआइले सञ्जयको विरुद्धमा कुनै पनि अपिल जारी गरेको थिएन ।  हाल संजयको नाममा २ सय करोड रुपैयाँ बलिउडमा लगानी भैसकेको छ । यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Wednesday, August 15, 2012

उद्योग मन्त्री झा को गाडीमा कालो झण्डा


विनोद अग्रवाल÷रौतहट÷३१÷साउन
झा चढेको गाडीलाई कालो झण्डा ओढाए 
विपÔी दलका युवा विधार्थीहरुले आज रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा उद्योग मन्त्री अनिलकुमार झा चढेको गाडीलाई कालो झण्डा ओढाएका छन् । युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल तरुण्ँ दल र नेपाली बिधार्थी संघका कार्यकर्ताहरुले मन्त्री चढेको गाडीमा ब्यानर ओढाई दिएका हुन् ।
संघीय सद्भाबना पार्टीको मंगलबारदेखि रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालन भैरहेको राष्ट्रिय कार्यकर्ता प्रशिÔण्ँ भेला स्थलमा जान लागेको बेला उहा“ चढनु भएको झण्डावाल गाडीमा कालो झण्डा ओढाइएको थियो । यसक्रममा युवा विद्यार्थीहरुले वर्तमान सरकारका विरुद्धमा नाराबाजी समेत गरेका थिए ।  मन्त्रीको गाडीलाई कालो कपडाले ढाकेपछि मन्त्रीका अंगरÔले सो कालो कपडा हटाएका थिए ।  

छिमेकी राष्ट्र भारतको ६६ औं स्वतन्त्रता दिवस भव्यताका साथ मनाईयो सांस्कृतिक कार्यक्रम प्रस्तुत, १ स्कूल बस र ५ एम्बुलेन्स वितरण

भारतको ६६ औं स्वतन्त्रता दिवस

बाईपास सम्वाददाता÷वीरगंज÷३१÷साउन
छिमेकी राष्ट्र भारतको ६६ औं स्वतन्त्रता दिवसलाई भारतीय दुतावास वीरगंजले पनि हजारौंको उपस्थितिमा भव्यताका साथ मनाएको छ । यस क्षेत्रमा बसोवास गर्दै आएका भारतीय जनता, उद्योगी, व्यापारी एवं समाजसेवी, बुद्धिजीवी एवं नागरिक समाजका व्यक्तिहरु, विद्यार्थी, शिक्षक र अभिभावकहरुको भव्य उपस्थितिमा भारतीय दुतावास वीरगंजका प्रमुख आशुतोष अग्रवालले भारतीय झण्डा फहराउनु भएको थियो । सो अवसरमा उहांले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले देशवासीको नाउमा सम्बोधन गर्नु भएको ८ पेज लामो सन्देश बाच्न गरेर सुनाउनु भएको थियो । भारतका शान्तिका अग्रदुत महात्मा गान्धीको अहिंष्सात्मक आन्दोलनबाट १९४७ मा स्वतन्त्र भएको भारतले विकास गतिलाई तिव्र पार्दै अहिले विकासको दृष्टिकोणले अगाडी बढदैछ, बताउनु भएको छ । गरिवी, अशिक्षा र पछौटेपनलाई आर्थिक, सामाजिक र न्यायले हटाउन सकेमा लोकतन्त्र दिगो र बलियो हुने सिद्धान्तबाट भारत निरन्तर अघि बढदै जाने बताउनु भएको थियो । कृषि औद्योगिक र सामाजिक क्रान्तिवाट समता मुलक समाज निर्माण गर्न सकिन्छ जसमा महत्वपूर्ण कुराहरु सन्देशमा उल्लेख भएको छ । समारोहमा दिल्ली पब्लिक स्कूल, हरिखेतान बहुमुखी क्याम्पस, डि.ए.भी. स्कूल, भारतीय राष्ट्रिय गीत, नृत्य प्रस्तुत गर्दै सवैलाइ उत्साहित बनाएका थिए । सांस्कृतिक कार्यक्रममा सहभागि भएका सवै विद्यार्थीहरुलाई श्रीमति अनुपमा अग्रवालल उपहार र प्रमाण पत्र प्रदान गरेकी छन् । समारोहका वीच ८ वटा जिल्लाको प्रभाव क्षेत्र रहेको दुतावासले एउटा स्कूल बस र ५ वटा एम्बुलेन्स वितरण गरेको छ । स्कूल बस मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजी जनकपुरलाई र एम्बुलेन्स नेपाल मुस्लिम रिलिफ सोसाईटी पर्सा, सव हेल्थ पोष्ट पिपरिया सर्लाही, नेपाल रेडक्रस सोसाईटी उपशाखा लालबन्दी सर्लाही, जनमुखी हेल्थ एण्ड डेभेलपमेन्ट कारपोरेशन लिमिटेड, बर्दिबास महोत्तरी र  पब्लिक हेल्थ सेन्टर हस्पिटल, सर्लाही लाई काठमाण्डौं राजदूतद्वारा हस्तान्तरण गरेको छ । समारोहमा पर्साका प्रजिअ शम्भु कोइराला, प्रहरी उपरिक्षक पिताम्बर अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक कृष्णभक्त ब्रहमाचार्य, उद्योगी एवं समाजसेवीहरु बाबुलाल चाचान, हिरालाल केडिया, विश्वनाथ साह, हरिखेतान बहुमुखी क्याम्पसका डा. भगवान प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो । समारोहको संचालन भारतीय दुतावासका पिडि देश पाण्डेले गर्नु भएको थियो ।

Saturday, January 14, 2012

आज हिन्दु धर्मावलम्वीहरुले माघे संक्रान्ति धुमधामका साथ मनाउदै

वीरगंज,३०,पुस / हिन्दु धर्मावलम्वीहरुले आज अर्को एउटा धार्मिक आस्थापूर्ण पर्व माघे (मकर संक्रान्ति) संक्रान्ति (खिचडी) मनाउन थाले छन् । परम्पराकाल देखि अध्यात्मिक धार्मिक मान्यता एवं विश्वासका साथ मनाईने यो आधुनिक युगको चरम अवस्था पुग्दा पनि त्यति कै मान्यता र विश्वासका साथ मनाउन थालिएको छ । आज विहानै ब्रतालुहरुले पवित्र भावनाका साथ यो पर्व मनाउन थालेको यो पर्व थारु समुदायहरुले पनि वडो झकिझकाउ र भक्तिभावका साथ मनाउन थालेका छन् । वारा, पर्सा, रौतहट लगायत नेपालभरि र छिमेकी राष्ट्र भारतका विभिन्न ठाउंहरुमा यस पर्वका दिन एक आपसमा सहयोग र सहकार्य गर्दै सौहार्द वातावरणमा सांस्कृतिक कार्यक्रम झांकी प्रदर्शन गरेर मनाउछन् । आजका दिन भुजा (लाइ), तिलको लड्डु खाने खुवाउने गरिन्छ, यसको बजार पनि राम्ररी फस्टाएको देखिएको छ । यस पर्वको धार्मिक मान्यता यस्तो छ ः–
जब ग्रह एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्ने बेलामा स्थान परिवर्तन गर्ने गर्दछ, त्यसलाई संक्रान्ति भनिने गरिन्छ । खास गरेर सूर्यद्वारा गरिने राशि परिवर्तन नै संक्रान्ति हो । जब सूर्य धनु राशिमा प्रवेश गर्ने गर्दछ, त्यहि बेला देखि खरवास शुभारम्भ हुने गर्दछ । एक महिनापछि जसरी सूर्य अगाडीको राशि मकरमा प्रवेश गरेको हुन्छ, त्यती बेला राशि परिवर्तनको समयलाई मकर संक्रान्तिको नामले जान्ने गरिन्छ । यसै संक्रान्ति जन्य पुण्यकालमा नुहाएर दान उपदान गरेर मकर संक्रान्तिका महत्वपूर्ण पर्व खिचडीको रुपमा हिन्दू धर्मावलम्वीहरुले मनाउदै आएका छन् । यस पर्वको साथै सम्पूर्ण शुभ कार्यहरु शुभारम्भ हुने गर्दछ । जहासम्म खरवासको प्रश्न छ, धनु राशिको सूर्य प्रवेश १६ दिसम्वरको रात १०ः५५ मिनेटमा र मकर राशिको सूर्य प्रवेश १४ जनवरी राती ६ः१२ मिनेटमा हुनु भन्दा एक महिना पछि खरवास समाप्त हुने गर्दछ । १५ जनवरीको सुर्योदय ६ः४३ बजे सूर्य भन्दा पहिले संक्रान्ति हुने भएकोले संक्रान्ति जन्य पुन्यकाल आइतवारको दिन भरी अर्थात सुर्यास्त सम्म रहने छ । सुर्योदय भन्दा पहिले संक्रान्ति हुने भएकोले आईतवारको पनि शनिग्रहसंग जोडिएको वस्तु दान उपदान गर्न सकिनेछ । खरवासको दिन शुभकार्य गर्नु हुदैन भन्दै अचार्य प्रो.विनोद तिवारी भन्छन् “धनु राशिको सुर्यको तापले वृहस्पतिको शुभता नष्ट भएर जान्छ । यसको कारणले धुन र मीन राशिको सुर्य अर्थात खरवासमा संस्कारगत कृत्य एवं शुभकार्य वर्जित रहेको छ । यदि सुर्यास्त पछि अर्थात मध्यराती भन्दा पहिले संक्रान्ति हुने गर्दछ र पहिलो दिनको दिउंसो २ बजे को समय पुण्यकाल हुने गर्दछ । यस्तोमा आईतवारको विहानै संक्रान्ति हुनु भन्दा दिनमा २० घण्टा सम्म संक्रान्ति जन्यपुण्य काल रहेको छ । जसमा श्रद्धालु भक्तजनहरुले नुहाएर दान, पुजापाठ गरेर अध्यात्मिक लाभ उठाउन सक्ने देखिएको छ ।